Section 23
वार्षिक प्रतिवेदन :

(१)परिषद्ले प्रत्येक वर्ष आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र लेखापरीक्षणको प्रतिवेदन आफूले गरेको काम कारवाईको विस्तृत विवरण समेत महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसमक्ष वार्षिक प्रतिवेदन पेश गर्नु पर्नेछ ।
(२) परिषद्सँग आबद्ध सामाजिक संघ संस्थाले प्रत्येक वर्ष आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र लेखा परीक्षणको प्रतिवेदन सहित आफूले गरेको कामको विवरण देखिने गरी परिषद्समक्ष वार्षिक प्रतिवेदन पेश गर्नु पर्नेछ ।